युएईले नेपाललाई दियो १ सय ८२ रनको मध्यम लक्ष्य
काठमाडाैं | असार १७, २०८०
तस्बिर फाइल
काठमाडौं: आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।
युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए ।
उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।
सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।
एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए ।
बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

